क्रिकेट

सनराइजर्समाथि कोलकाताको रोमाञ्चक जित

इकागज |
चैत ११, २०८० आइतबार ६:२४ बजे

काठमाडौँ - रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।​

कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएकाे सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकाताले ४ रनले जितेको थियो ।


सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्वाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।

त्यसैगरी कोलकाताका बलर हर्षित रानाले सर्वाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

कोलकाताले खराब सुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिङको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।

त्यसैगरी कोलकाताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।

त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्वाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।

यो जितसंगै कोलकाताले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको सुरुवात गरेको छ ।


Author

थप समाचार
x