क्रिकेट

एसीसी प्रिमियर कप : हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

इकागज |
बैशाख ३, २०८१ सोमबार १४:२१ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङले नेपाललाई १ सय १५ रनको लक्ष्य दिएको छ ।

समूह 'ए' अन्तर्गत टस हारेर पहिले ब्याटिङ गरेको हङकङले तय गरिएको १७ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनायो ।


हङकङका लागि अन्सुमन रथले ३४ रन तथा कप्तान निजाकत खानले १२ रन बनाए । जिसन अलीले १४ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले १ विकेट हात पारे ।


Author

थप समाचार
x