क्रिकेट

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो २०५ रनको लक्ष्य

इकागज |
बैशाख १५, २०८१ शनिबार १४:२ बजे

काठमाडौँ- पाँच खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली वेस्ट इन्डिज 'ए' ले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनायो ।


वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले ७४ रन बनाए । एलिस अथानिजले ४७ रन तथा केसी कार्टीले ३८ रन बनाए ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी, अविनाश बोहरा, रोहित पौडेल र कमल सिंह ऐरीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x