क्रिकेट

एसीसी प्रिमियर कप : नेपालले भोलि हङकङको सामना गर्दै

इकागज |
बैशाख २, २०८१ आइतबार १७:३१ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले भोलि हङकङको सामना गर्दैछ ।

समूह 'ए' मा रहेका नेपाल र हङकङबीचको खेल अल अमेरातमा नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ ।


यस समूहमा नेपालले खेलेको अघिल्ला दुवै खेलमा जित हात पारेको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपालले कतारमाथि ३२ रनको जित हात पारेको थियो ।

हङकङले भने पहिलो खेलमा कतारलाई २६ रनले हराएको थियो । हङकङले आज (आइतबार) साउदी अरेबियाको सामना गरिरहेको छ ।


Author

थप समाचार
x