क्रिकेट

एसीसी प्रिमियर कप : ओमानको लगातार दोस्रो जित

इकागज |
बैशाख २, २०८१ आइतबार १६:४६ बजे

काठमाडौँ- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आयोजक ओमानले लगातार दोस्रो जित हात पारेको छ ।

वर्षाले प्रभावित आइतबारको समूह 'बी' अन्तर्गतको खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्‍यो ।


जितका लागि ११ ओभरमा १ सय ५५ रनको विशाल लक्ष्य पछ्याएको कम्बोडियाले ७ विकेट गुमाएर ९१ रन मात्र बनाउन सक्यो ।  

कम्बोडियाका लागि कप्तान लुकमन बटले सर्वाधिक ४१ रन बनाए । ओमानका लागि अकिब इलयासले ४ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ११ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो ।

ओमानका लागि नसिम खुशीले २७ बलमा ६९ रन जोडे ।


Author

थप समाचार
x