क्रिकेट

एसीसी प्रिमियर कप : यूएईको लगातार दोस्रो जित, कुवेत पनि विजयी

इकागज |
बैशाख १, २०८१ शनिबार १५:३३ बजे

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई) ले लगातार दोस्रो जित हात पार्दा कुवेत पनि विजयी भएको छ ।

समूह 'बी' अन्तर्गत शनिबार भएको खेलमा यूएईले बहराइनलाई ३७ रनले पराजित गरेको हो । यसअघि शुक्रबार यूएईले कुवेतलाई ७ विकेटले पराजित गरेको थियो ।


शनिबारको खेलमा यूएईले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको बहराइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९९ रन बनायो ।

यसअघि पहिले ब्याटिङ गर्दै यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३६ रन जोड्यो ।

अर्को खेलमा कुवेतले कम्बोडियालाई ८ विकेटले पराजित गर्‍यो । जितका लागि चाहिएको १ सय ४२ रनको लक्ष्य कुवेतले ११ ओभर २ बलमा केवल २ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि पहिले ब्याटिङ गरेको कम्बोडियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४१ रन जोड्यो ।


Author

थप समाचार
x