क्रिकेट

बोर्डर-गभास्कर ट्रफीमा भारत र अस्ट्रेलियाबीच अब पाँच टेस्ट खेल हुने

इकागज |
चैत १२, २०८० सोमबार ११:२१ बजे

फाइल फोटो

काठमाडौँ- बोर्डर-गभास्कर ट्रफीअन्तर्गत भारत र अस्ट्रेलियाबीच अब पाँच खेलको टेस्ट क्रिकेट सिरिज हुने भएको छ ।

बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) र क्रिकेट अस्ट्रेलिया (सीए) ले बोर्डर-गभास्कर ट्रफीअन्तर्गत पाँच खेलको टेस्ट सिरिज खेलिने घोषणा गरेका हुन् ।


सन् १९९१-९२ पछि सन् २०२४-२५ मा भारत र अस्ट्रेलियाले पाँच खेलको टेस्ट सिरिज खेल्ने भएको एआईएनएसले जनाएको छ ।

सिरिज अस्ट्रेलियाले आयोजना गर्ने भएपनि मिति भने तोकिएको छैन ।


Author

थप समाचार
x