क्रिकेट

टी-ट्वान्टी वरीयताः अलराउन्डर र ब्याटिङतर्फ दुई-दुई खेलाडी, बलिङमा शून्य

इकागज |
चैत ७, २०८० बुधबार १५:२ बजे

फाइल फोटो

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको ब्याटिङतर्फ शीर्ष एक सयमा केवल दुई खेलाडी परेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार ब्याटिङतर्फको शीर्ष एक सयमा कप्तान रोहित पौडेल तथा दिपेन्द्र सिंह ऐरी परेका छन् ।


रोहित ३ स्थान तल ५१ औँ स्थानमा झरेका छन् । उनी यसअघि ४८ औँ स्थानमा थिए । यता दिपेन्द्र पनि ३ स्थान तल ७९ औँ स्थानमा झरेका छन् ।

बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष एक सयमा पर्न सकेनन् ।

अलराउन्डरतर्फ भने शीर्ष ४० भित्र दिपेन्द्रसँगै कुशल मल्ल पनि परेका छन् । दिपेन्द्र २२ औँ स्थानबाट ४ स्थान तल २६ औँ स्थानमा झरेका छन् ।

कुशल भने ३२ औँ स्थानबाट २ स्थान तल झरेका छन् । उनी ३४ औँ स्थानमा रहेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियको ब्याटिङतर्फ भने आशिफ शेख ७५ औँ, कुशल भुर्तेल ७८ औँ तथा रोहित पौडेल ९३ औँ स्थानमा छन् ।

एकदिवसीयको बलिङतर्फ सन्दीप लामिछाने ४७ औँ, ललित राजवंशी ५५ औँ, दिपेन्द्र सिंह ऐरी ६३ औँ तथा सोमपाल कामी ८१ औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ भने दिपेन्द्र सिंह ऐरी ४५ औँ, कुशल मल्ल ५० औँ, सोमपाल कामी ५३ औँ तथा सन्दीप लामिछाने ७३ औँ स्थानमा छन् ।


Author

थप समाचार
x