क्रिकेट

आयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा

इकागज |
चैत ७, २०८० बुधबार ११:५७ बजे

काठमाडौँ- आयरल्यान्ड उल्भ्सविरुद्धको टी-ट्वान्टी सिरिज र भारतको गुजरातमा हुने एसएमएस फ्रेन्डशीप कप क्रिकेट प्रतियोगिताका लागि नेपाली पुरुष क्रिकेट टिमको घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार आयरल्यान्ड उल्भ्स र फ्रेन्डशीप कपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।


नेपालले घरेलु मैदानमा मार्च २४ र २५ मा आयरल्यान्ड उल्भ्ससँग दुई खेलको टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ ।

त्यसैगरी, मार्च ३१ तारिखबाट गुजरातमा हुने टी-ट्वान्टी फर्म्याटको फ्रेन्डशीप सिरिजमा नेपालसँगै गुजरात र बरोडा क्रिकेट टिमको सहभागिता रहने छ ।

नेपालले लिग चरणमा दुवै टोलीसँग समान २-२ खेल खेल्ने तालिका रहेको छ ।

नेपाली टिमः


Author

थप समाचार
x