क्रिकेट

नेपाल 'ए' ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

इकागज |
फागुन १०, २०८० बिहीबार १३:१७ बजे

काठमाडौँ- नेपाल 'ए' ले क्यानडा- ११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४७ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको हो ।

नेपाल 'ए' का लागि आसुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।


क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।

३ खेलको सिरिजमा १-१ को बराबरी रहेकाले यो खेल जित्नेले सिरिज जित्ने अवस्था रहेको छ ।


Author

थप समाचार
x