क्रिकेट

बंगलादेशविरुद्ध पाकिस्तानको जित

इकागज |
असोज २१, २०७९ शुक्रबार १२:४२ बजे

काठमाडौँ- न्युजिल्यान्डमा आजबाट सुरु भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । क्रिसचर्चमा भएको पहिलो खेलमा पाकिस्तानले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

पाकिस्तानले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर केवल १ सय ४६ रन जोड्न सक्यो । बंगलादेशका लागि यासिर अलीले सर्वाधिक ४२ रन जोडे । पाकिस्तानका लागि मोहमद वासिमले सर्वाधिक ३ तथा मोहमद नवाजले २ विकेट हात पारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन जोड्यो । पाकिस्तानका लागि मोहमद रिजवानले अविजित ७८ रनको योगदान गरे । बंगलादेशका लागि तस्किन अहमदले सर्वाधिक २ विकेट लिए ।


Author

थप समाचार
x