कर्पोरेट

शौर्य सिमेन्ट र स्काई होल्डिङ्गको कन्ट्रयाक्टर मिट सकियो

इकागज |
माघ १८, २०८० बिहीबार १२:५२ बजे

काठमाडौँ- शौर्य सिमेन्ट ई. लिमिटेड एवम् स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सभापतित्वमा स्काई होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारी, बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्ण प्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्राण्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशनबहादुर कडायत र प्राविधिक प्रमूख दिवश देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरहरू उपस्थित थिए । 


उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परिक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यवसायिक उत्तरदायित्वका कार्यहरूको पनि जानकारी गरिएको थियो ।

कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायतद्वारा भक्तपुरका बासिन्दाहरूलाई सुपथ मूल्यका साथै सहज रुपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी कार्यक्रममार्फत दिइएको थियो । कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरूद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो । 

शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता ४५०० मेट्रिक टन रहेको छ र दैनिक रुपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ । कम्पनीद्वारा ४३/५३ ग्रेड ओ.पि.सि., पि.पि.सि सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ । 
 


Author

थप समाचार
x