कर्पोरेट

प्रजनन उपचारको महत्वपूर्ण परिवर्तन : चुनौतीहरूको सामना गर्न इन्दिरा आईभीएफ, नेपाल केन्द्रको स्थापना

इकागज |
पुस १५, २०८० आइतबार १९:३९ बजे

काठमाडौँ- भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौँमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ । भारतमा प्रजननसम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरूमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ ।
 
नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको हो । तथ्यांक र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ । सन् २०२३ मा यो दर प्रतिमहिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८% ले कमी हो । बृहत् अध्ययनहरूले बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्यु संस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई उजागर गरेको छ ।
 
नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आईभीएफ यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्न दृढ छ । बाँझोपनको भावनात्मक पक्ष यसै महङ्गो छ भने मार्मिक वास्तविकता यो पनि छ कि धेरै नेपाली दम्पतीहरू गुणस्तरीय उपचारको लागि भारत जान बाध्य छन् । यो कठिन यात्राले उनीहरूको आर्थिक बोझ र व्यवधानहरू मात्र बढाउँछ । हामी नेपालका मानिसहरूले बाँझोपनको सामना गर्दा भोग्ने विशेष कठिनाइहरू बुझ्दछौं । एक चिकित्सा अवस्थाको रूपमा बाँझोपनको बारेमा जागरूकताको कमी र मद्दतको लागि सही ठाउँहरू छनौट गर्न वा फेला पार्न गाह्रो हुनु पनि यसका समस्या हुन् ।
 
इन्दिरा आईभीएफ नेपाल केन्द्रकी प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले जोड दिइन्, 'नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ । यसको असर गर्भधारण गर्न असक्षमताको स्थिति मात्र नभई त्यो भन्दा धेरै टाढासम्म फैलिएको हुन्छ । यस्तो अवस्थामा दम्पतीहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन् । सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ ।'
 
नेपालमा स्वास्थ्य सेवाहरू उपलब्ध हुँदाहुँदै पनि ती मुख्यतया सहरी क्षेत्रका निजी अस्पतालहरूमा मात्र सीमित छन् । प्रायः महँगो र उच्च सामाजिक-आर्थिक तहका मानिसहरूका लागि मात्र पहुँचयोग्य साबित हुन्छन् । यसबाहेक बाँझोपनमा विशेषज्ञता हासिल गरेका दक्ष स्वास्थ्यकर्मीको अभावले समस्यालाई झनै बढाउँछ । सीमित संशाधन भएका ठाउँहरूमा उपचारका विकल्पहरूको बारेमा चेतनाको कमीले बाँझोपनसँग जुधिरहेका व्यक्ति र दम्पतीका चुनौतीलाई थप बढाउने गर्दछ ।
 
'हाम्रो स्थायी मिशन भनेको बाँझोपनको बारेमा व्याप्त गलत धारणालाई सम्बोधन गर्नु हो । दम्पतीहरूलाई सही जानकारीको साथ सशक्त बनाउनु र विश्वस्तरीय उपचारका सुलभ विकल्पहरूमा पहुँच सुनिश्चित गर्नु हो,' इन्दिरा आईभीएफ नेपालकी केन्द्र प्रमुख तथा आईभीएफ विशेषज्ञ  डा. नेहा हुमागाईले टिप्पणी गरिन् ।
 
नेपालमा बाँझोपन बढ्दो चिन्ताको रूपमा रहेको छ जसलाई तत्काल ध्यानाकर्षणको आवश्यकता छ । पूर्वी नेपालका अध्ययनहरूले बाँझो दम्पतीहरूमध्ये ४६% पुरुषहरूले खाडीमा काम गरेको पत्ता लगाएको छ, यसले प्रमुख कारकको रूपमा बसाइँसराइलाई सङ्केत गरेको छ । यद्यपि यसलाई राम्रोसँग बुझ्न थप अनुसन्धान आवश्यक छ । धेरै आप्रवासी कामदारहरूले सामना गर्ने कठिन जीवन अवस्थाहरू; जस्तै चरम गर्मी, खराब आहार र कठिन जीवन अवस्थालाई महत्त्वपूर्ण कारणहरूका रूपमा हेरिन्छ । अस्वस्थ जीवनशैली र बालीहरूमा प्रयोग गरिने कीटनाशकहरूको एक्सपोजरले पनि बाँझोपनका घटनाहरूमा ठूलो भूमिका खेल्छ ।
 
'नेपालमा इन्दिरा आईभीएफको विस्तारले बाँझोपनको पहुँचयोग्य, किफायती र विशेषज्ञ उपचारको अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ । व्यापक हेरचाह प्रदान गर्न, बाँझोपनसँग सम्बन्धित मनोवैज्ञानिक र भावनात्मक पीडा कम गर्न र अभिभावकत्व तर्फको यात्रामा व्यक्ति र दम्पतीहरूलाई सशक्त बनाउन क्लिनिक प्रतिबद्ध छ,' इन्दिरा आईभीएफका संस्थापक तथा अध्यक्ष डा अजय मुर्दियाले टिप्पणी गरे ।
 
२४,०० भन्दा बढी व्यक्तिहरूको समर्पित टिमको साथ भारतमा १२० भन्दा धेरै केन्द्रहरू सञ्चालन गर्दै आएको इन्दिरा आईभीएफले प्रत्येक वर्ष भारतमा ४०,००० भन्दा बढी प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्दछ । संगठनको यस सफलतालाई प्रविधिमा गरिएको निरन्तरको लगानी, विशेषगरी असिस्टेन्ट रिप्रोडक्टरी टेक्नोलोजी (एआरटी) उपचारको क्षेत्रमा गरिएको लगानीलाई श्रेय दिन सकिन्छ ।
 
'हामी हाम्रा सेवाहरू भारतभन्दा बाहिर विस्तार गर्न र उन्नत प्रजनन उपचारको लागि विश्वव्यापी पहलमा योगदान गर्न पाउँदा उत्साहित छौं । इन्दिरा आईभीएफयी परिवर्तनकारी आविष्कारहरू अपनाउनेमा अग्रस्थानमा छ । हाम्रो प्रतिबद्धता व्यक्तिगत उपचारमा निहित छ भने हाम्रो विश्वास नवीनतम् प्रविधिमा छ जसले सफलताको दर मात्र बढाउँदैन, बरू बाँझोपनको सामना गरिरहेका जोडीहरूमा आशाको सन्चार गर्दछ । हामी दम्पतीहरूलाई उनीहरूको अभिभावकत्वको सपना साकार पार्न सम्भावित हरेक अवसर प्रदान गर्ने प्रयास गर्छौं,' इन्दिरा आईभीएफका सीईओ र सह-संस्थापक डा. क्षितिज मुर्दियाले भने ।
 
इन्दिरा आईभीएफमा प्रतिबद्ध टिम उपचारका उच्चतम स्तरहरू कायम राख्न पूर्ण रूपमा प्रशिक्षित छ । उत्कृष्टताप्रतिको यो समर्पणले नेपालमा बाँझोपनको उपचारलाई रूपान्तरण गर्ने संस्थाको संकल्पलाई थप प्रकाश पार्छ । काठमाडौँमा इन्दिरा आईभीएफको स्थापनाले महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास लिइएको छ जसले नेपालका इच्छुक आमाबाबुहरूलाई प्रजनन उपचारमा असाधारण पहुँच प्रदान गर्दछ र उनीहरूको अभिभावकत्वको सपनालाई वास्तविकतामा परिणत गर्ने सम्भावना समेत प्रदान गर्दछ ।



Author

थप समाचार
x