कर्पोरेट

नेपाल विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

इकागज |
जेठ ३०, २०८० मंगलबार २१:९ बजे

काठमाडौँ– नेपाल विज्ञापन संघ(आन)ले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको छ । ‘सृजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ आनले आफ्नो ३३ औं वार्षिकोत्सव मनाएको हो ।

मंगलबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी कार्यक्रम मनाएको हो ।


शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोण सभामा परिणत भएको थियो ।
कार्यक्रमलाई संघका अध्यक्ष सोमप्रसाद धितालले सम्बोधन गर्दै सृजनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण सञ्चार माध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए । 

संघका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले कार्यक्रमको सम्बोधन गरेका थिए । 


Author

थप समाचार
x