कर्पोरेट

नेपाल बीमा प्राधिकरणका भुक्तानीहरू अब डिजिटल माध्यमबाट

इकागज |
जेठ ३०, २०८० मंगलबार १५:३८ बजे

काठमाडौँ– नेपाल बीमा प्राधिकरणका भुक्तानीहरू अब डिजिटल माध्यमबाट हुने भएको छ । प्राधिकरणले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्विच( एनपिएस)मा आबद्ध भएको छ ।

यस  सम्बन्धमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक राजु रमण पौडेल र एनसीएचएल का तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 


उक्त सम्झौता पश्चात् प्राधिकरणको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस( एनपिआई) सँग जोडी तलब, भेण्डर, लगानी, लगायतका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना बैंक खाताहरू बीच गर्न सकिनेछ ।  

बीमाका क्षेत्रमा नयाँ आयाम थप्दै डिजिटल भुक्तानीको माध्यमको प्रयोगलाई थप प्रोत्साहन गर्न नेपाल बीमा प्राधिकरण र एनसीएचएलसँगको यस सहकार्यले थप टेवा पुर्याउने विश्वास गरिएको छ । 

यस अघि प्राधिकरणले प्रदान गर्ने बीमा एजेन्ट तथा सर्भेयरको लाइसेन्स नवीकरणको अनलाइन भुक्तानी एनसीएचएलको कनेक्ट आइपीएस प्रणाली मार्फत हुने व्यवस्था गरेको थियो र आगामी दिनहरूमा प्राधिकरणले अन्य सेवाहरू पनि क्रमश डिजिटाइज गर्दै लैजाने लक्ष्य लिएको छ ।


                        

                    


Author

थप समाचार
x