कर्पोरेट

'सफा हिमाल कार्यक्रम २०२३' मा संलग्‍न ५२ जनालाई सूर्य नेपालको सम्मान

इकागज |
जेठ २९, २०८० सोमबार १८:४१ बजे

काठमाडौँ- सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सदस्य र शेर्पालाई सम्मान गरेको छ । गत चैत्रमा सुरु भइ यसै महिना सम्पन्न भएको यस वर्षको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालको सफाइ कार्य भएको थियो ।

विभिन्न हिमालहरूबाट ३५ टन फोहोर संकलन गरिएको थियो । विभिन्न संस्थाहरूसँगै एउटा मुख्य साझेदार सूर्य नेपाली प्रालि संस्था हो ।   


बिहीबार आयोजित सम्मानित कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा प्रत्यक्ष योगदान पुर्याउने ५२ जनालाई विशेष सम्मान गरेको हो ।  कार्यक्रममा सूर्य नेपालले सफा हिमाल अभियानमा संलग्न हुँदा दिवंगत भएका दुईजना शेर्पा सहयोगीका परिवारलाई एक(एक लाख नगद राशिसहित सम्मान गरेको थियो । 

कार्यक्रममा सफा हिमाल अभियानमा निधन भएका २ शेर्पा सहयोगीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने सफा हिमाल अभियानको क्रममा घाइते भई उपचाररत नेपाली सेनाका ४ जना अधिकृत र जवानहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।  

सम्मान कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राणाले सफा हिमाल अभियानमा निजी क्षेत्रबाट एउटा मुख्य योगदानकर्ताका रूपमा सहयोग पुर्याएकोमा सूर्य नेपाल प्रालिलाई धन्यवाद दिएका थिए । 

कार्यक्रममा सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रविकुमार रायावारमले नेपालको पहिचानका रुपमा रहेको सर्वोच्च शिखर सगरमाथा लगायतका हिमालहरू सफा गर्ने जस्तो महत्वपूर्ण कार्यक्रममा कम्पनीको व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको बताए ।

नेपाली सेनासँग सहकार्य गर्न पाएकोमा सूर्य नेपाल प्रालिले गौरवान्वित महसुस गरेको उनको भनाइ छ । ​त्यसैगरी, कार्यक्रममा सूर्य नेपाल प्रालिका भाइस प्रेसिडेन्ट रवि केसीले सूर्य नेपालले आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व निर्वाह गर्ने कार्यलाई अत्यन्तै महत्व दिने गरेको र सफा हिमाल अभियानमा गरिएको सहयोग पनि त्यसैको निरन्तरता भएको बताएका थिए ।  


Author

थप समाचार
x