कर्पोरेट

सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

इकागज |
जेठ २९, २०८० सोमबार १४:१४ बजे

काठमाडौं – सनराइज बैंकद्वारा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । 

सामाजिक उत्तरदायित्त्व अन्तर्गत सनराइज बैंकको चन्द्रनिगाहापुर शाखाले दृष्टि आँखा अस्पताल, वीरगन्ज, पर्सासँगको समन्वयमा गत शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरेका हो ।


निःशुल्क आँखा शिविर कार्यक्रम श्री मावि, डुमरिया चन्द्रपुर–९ मा सञ्चालन गरिएको थियो । सञ्चालन भएको सो शिविरबाट दुई सय ४० स्थानीय बासिन्दाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श र सल्लाह तथा अन्य जाँच सेवाहरू लिए । 

उक्त कार्यक्रमको उद्‍घाटन बैंकको मधेस प्रदेश प्रमुख दीपक पण्डित, जीवन विज्ञान केन्द्र मधेस प्रदेश प्रमुख शैलेश पौडेल, श्री मावि डुमरिया चन्द्रपुरका मुख्य शिक्षक राजेशकुमार चौधरी, नयाँ नेपाल सेवा केन्द्रका स्वयंसेवक निर्मला चौधरी र बैंकका चन्द्रनिगाहपुर शाखा टोली सदस्यहरूको उपस्थितिमा भएको थियो । 


 


Author

थप समाचार
x