सिनेमा

स्वस्तिमाले भनिन्– हाम्राे लडाइँ 'टाइगर' सँग होइन, दास बनाउनेहरूसँग हो

इकागज |
कात्तिक ३०, २०८० बिहीबार १५:२६ बजे

काठमाडौँ- अभिनेत्री स्वस्तिमा खड्काले प्रदर्शकले फिल्म ‘दिमाग खराब’ लाई हल नदिएर हेपिएको बताएकी छिन् । उनले आज सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो धारणा व्यक्त गरेकी हुन् ।

भक्तपुरस्थित क्युएफएक्समा आज बिहानको ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ स्क्रिन सट पोस्ट गर्दै लेखेकी छिन्, ‘भक्तपुरस्थित क्युएफएक्समा आज ‘दिमाग खराब’ र ‘टाइगर ३’ को बुकिङ अवस्था यस्तो छ । ‘टाइगर ३’ को बुकिङ घट्दै जाँदा पनि जबरजस्ती शो सङ्ख्या बढाइएको छ । बुकिङ रातै हुँदा पनि ‘दिमाग खराब’ लाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’


उनले आफूहरूको लडाइँ ‘टाइगर’ सँग नभएर, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग भएकाे पनि उल्लेख गरेकी छिन् ।​

यसअघि हिजाे (बुधबार) फिल्मका निर्देशक निश्चल बस्नेत तथा निर्माता रौनक विक्रम कँडेलले विज्ञप्ति जारी शो संख्या र सेयर बाँडफाँटमा आपत्ति जनाउँदै फिल्म प्रदर्शन रोक्ने घोषणा गरेका थिए ।


Author

थप समाचार
x