सिनेमा

‘जस्टिस फर सारुक’ भन्दै नम्रताको लामो स्ट्याटस

इकागज |
भदौ ११, २०८० सोमबार १२:५६ बजे

काठमाडौँ - अभिनेत्री नम्रता श्रेष्ठले फेसबुकमा लामो स्ट्याटस लेख्दै महिला भएकै कारण आफूमाथि आक्रमण भएको बताएकी छिन् । उनले सारुक ताम्राकार निधन प्रकरणमा उठेका धेरै प्रश्नको स्पष्ट जवाफ नदिई आफ्ना विरुद्ध कपोलकल्पित समाचार लेखिएको बताएकी छिन् । 

तर लामो स्ट्याटस्मा पनि उनले सारुकको आत्महत्या प्रकरणमा आफ्नो भूमिकाको बारेमा भने एक शब्द पनि खर्चिएकी छैनन् । उनले  विवादास्पद बनेको मसानघाटमा पूजा गर्ने र कालो बोको र बुटी चढाउने कुरालाई भने उनी आफैँले रुढिवादी कुरा भएको बताएकी छिन् । 


यही क्रममा उनले आफूले प्रहरीसँग बयान दिएको र आफू पनि सारुकको न्यायको पक्षमा रहेको बताएकी छिन् । उनले प्रहरीको अनुसन्धानमा अवरोध नगर्न पनि आग्रह गरेकी छिन् ।   

 


Author

थप समाचार
x