बैंक-वित्त

नबिल बैंकको ‘नबिल डिवेन्चर २०८७’ मा कति पाइन्छ ब्याज ?

इकागज |
मंसिर २९, २०८० शुक्रबार ९:५ बजे

काठमाडौँ- नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । 

बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ ।


सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्तामध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६० हजार कित्ता सामुहिक कोषका लागिसमेत समावेश गरिएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ ।


Author

थप समाचार
x