बैंक-वित्त

नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा

इकागज |
मंसिर २८, २०८० बिहीबार १३:९ बजे

काठमाडौँ - ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् । 

बिहीवार ग्लोवल आईएमई बैंकको १७ औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरूमा शाखा बिस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए । उनले बैंकले मुनाफाबाट बैंकका शेयर धनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बताए । उनले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे । उनले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब  र कर्जा ३ खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि  भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब,कर्जा ३ खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे । 


उनले भने, ‘ आर्थिक वर्ष २०७९/०८०मा बैंकको मुनाफा ९ अर्ब २६ करोड ५५ लाख करपछिको मुनाफा ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको छ । बैंकले मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । आर्थिक वर्ष२०७९/०८०को नाफाबाट १ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्नेछ । गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप ४ खर्ब ६९ अर्ब कुल कर्जा ३ खर्ब ७४ अर्ब रहेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भइ १७ अर्ब १० करोडका साथै खुद मुनाफामा ३५ प्रतिशतले वृद्धि भइ ६ अर्ब ६९ करोड ४४ लाख हासिल गर्न सफल भएको छ । ७७ जिल्लामा बैंकको शाखा सञ्चालनमा रहेको छ । बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी १ हजार ७२ वटा आउटलेट मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा  बैंकको निक्षेप ४ खर्ब ५६ अर्ब रहेको छ । कर्जा ३ खर्ब ७५ अर्ब पुगेको छ । यो अवधिमा बैंकले १ अर्ब २२ करोड बढी मुनाफा कमाएको छ । बैंकको पहुँचमा नपुगेका नागरिकहरूलाई बैंकिङ सेवा पुर्याउने आगामी कार्यदिशा रहेको छ । कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको छ ।’

उनले बैंकले पहिलो त्रैमासमा १ अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए ।  उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको बताए । 


Author

थप समाचार
x