बैंक-वित्त

कामना सेवा विकास बैंक र हातेमालो फाइनान्स सर्भिसबीच फाइभ इन वान सेवा सम्झौता

इकागज |
मंसिर २५, २०८० सोमबार २१:३९ बजे

काठमाडौँ- कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी हातेमालो फाइनान्स सर्भिस प्रा. लि.सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ । यस सम्झौतापश्चात् बैंकका ग्राहक ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता सि (आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्ने छन् ।

उक्त सेवा मार्फत आफ्ना ग्राहकहरूले सरल रूपमा सेयर कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले यस्ता सेवाहरू उपलब्ध गराएको हो ।


काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरूमा १३५ वटा सञ्जालहरू, २१ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटिएम मार्फत ग्राहकहरूलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको छ ।


Author

थप समाचार
x