कला

वैवाहिक बन्धनमा बाँधिए एलिना र विष्णु

इकागज |
बैशाख ५, २०८१ बुधबार १५:२४ बजे

काठमाडौँ- गायिका एलिना चौहान प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी छिन् । उनले लामो समयदेखि प्रेमी रहेका सापकोटासँग बुधबार परम्परागत रूपमा विवाह बन्धनमा बाँधिएकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । बाग्लुङ निवासी विष्णु विवाहका लागि जन्तीसहित मंगलबार नै झापा पुगेका थिए । 


विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् भने लिना नेपालमै गायनमा सक्रिय रहेकी छिन् । 


Author

थप समाचार
x