प्रवास

ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषदमा शेर्पा निर्वाचित

इकागज |
पुस १५, २०८० आइतबार १४:५६ बजे

काठमाडौँ- ग्लोवल गैर आवासिय नेपाली सॅघ, रास्ट्रिय समन्वय परिषद, (ग्लोवल एनआरएनए, एनसिसी) युएईको अध्यक्षमा पाशांग शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।

डिसेम्बर २३ तारिक सम्पन्न ग्लोवल एनआरएनए युएईको अधिनेशनले २०२३-२०२५ कार्यकालको लागि शेर्पाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेको शनिवार आयोजित घोषणा सभामा जानकारी गराईएको हो ।


संस्थाको उपाध्यक्षमा हरि मोक्तान, टेकनाथ मिश्र, कृष्ण कटुवाल निर्वाचित भए भने र महासचिवमा ईश्वर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी युवा उपाध्यक्षमा थानेश्वर तिमल्सिना र महिला उपाध्यक्षमा शर्मिला तामांग निर्वाचित भएको निर्वाचन समितिका संयोजक सुधिर थापाले जानकारी दिए ।

सचिवमा पदमा ओम प्रकाश शाह, बिक्रम तामाङ, रबिन्द्र अधिकारी, दिपक गुरुङ र ईन्द्रराज पौडेल रहेका छन् भने कोषाध्यक्षमा अनुप तामाङ र सह-कोषाध्यक्षमा हर्क लोप्चन, युवा संयोजक अजय शर्मा काफ्ले र महिला संयोजक निशा भुजेल निर्वाचित भए ।

सदस्यहरुमा मनोज मास्के, रमेश नेपाली, बिनोद राई, सोनाम गुरुङ र मनोज भुजेल निर्वाचित भएका छन् । आईसिसी सदस्यमा भने नर बहादुर घले चुनिएका छन् । कार्यक्रममा कुवेतमा कार्यरत ग्लोवल एनआरएनए आईसिसीका उपाध्यक्ष उमेश पुडासैनीको प्रमुख आथित्यता रहेको थियो भने साउदी अरवबाट आईसिसी सल्लाहकार धरम केसी, आईसिसी सदस्य आरसी पन्त र रोमा अधिकारीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र बहादुर थापा, ईनास युएईका अध्यक्ष एमडी बोहोरा, एनसिसू कतारका अध्यक्ष सुनिल कुमार घिमिरे र महासचिव ध्रुव अधिकारी, नेपाली समाज युएईका सचिव प्रकाश दत्त बडु, नेफिन युएईका अध्यक्ष बिक्रम पन्धाक लगायत बिभिन्न संघसंस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x