सप्ताहन्त

प्रेमध्वज रत्‍न पुस्तकको गल्लीमा हराए !

रमेश निरौला | जेठ ८, २०७८

संगीतमा उति चासो दिएर गीत सुनिएन । आफ्नो निजी जीवनमा बाथरुम गायकमै सीमित भइएछ । कार्यस्थलमै संगीतका गतिला बहस हुने भए पनि ध्यान दिएर सुनिएनछन् । 

सिनेमाका केही गीतले जवानीमा आकर्षित गरे होलान् तर ती पानीको फोकासरि फुटेर गएछन् । संगीतको तातो लाग्ने साथी पाएर पनि जीवनको रसिक पाटो संगीतलाई बढी नै बेवास्ता गरेको आरोप खेप्दै २०६८ सालदेखि २०७३ सालसम्म झन्डै आधा दर्जन वर्ष एकै ठाउँमा बिताइएछ । 

मार्टिन चौतारीको तत्कालीन जागिरमा थुप्रै अनुसन्धाता, प्राध्यापक, संगीतकार, नायक–नायिका, पत्रकार, पेसाकर्मीसँग जम्काभेट भयो । तीमध्ये थोरैलाई मात्रै सुनिएछ । धेरैलाई चिन्न र बुझ्न प्रयास नगरेकामा आजभोलि नरमाइलो लाग्छ । 

त्यहाँको नियमित छलफल श्रृंखलामा पर्ने बिहिबारे छलफल संगीतमा केन्द्रित हुन्थ्यो । गीत–संगीतमा लागेका धेरै व्यक्ति आएर त्यो ठाउँमा छलफलमा सहभागी भएका थिए । हरेक कार्यक्रमको छलफल म बस्ने कार्यकक्षसम्म नै सुनिन्थ्यो । रुचिी हुँदा हलमै गएर छलफल सुन्ने र सहभागी हुने वातावरण सधैँ हुन्थ्यो ।

२०७१ फागुन १४ गते बिहीबारे छलफल शृंखलामा गायक प्रेमध्वज प्रधान आउने निश्चित भएको थियो । संगीतमा गहिरो रुचि नभए पनि त्यो सांगीतिक छलफलको मेसो मिलाउने साथी प्रभाकर त्यस समय आफ्नो अनुसन्धानको कामले मसँगै पुस्तकालयमा रहन्थे । साथीको प्रेमध्वजबारेको चर्चापछि त्यस छलफलमा आपूm पनि बस्ने सोच बनाएको थिएँ । आफ्नो भागको काम गर्दागर्दै पनि छलफलमा बस्न सकिने त्यस दिनको अवस्थाले दिउँसो तीन बजे म छलफलमा बसेँ । नारायण गोपाल, बच्चुकैलाश, अरुणा लामाजस्ता हस्तीसँग लामो समय संगत गरेका प्रेमध्वजको उपस्थितिले त्यस दिन छलफल कक्ष भरिभराउ थियो । 

तीन बजे प्रेमध्वज आइपुगेनन् । सायद उनी आइपुग्दा दस मिनेट बढी गएको हुनुपर्छ । आएपछि छलफल सुरु भयो । छलफलको विषयवस्तुबारे आयोजकले केही कुरा राखेपछि प्रेमध्वज प्रधान बोल्न थाल्नुभयो । संगीतको फ्रेमभित्र रहेर जीवनका आरोह–अवरोहबारे बोल्न ४० मिनेट समय दिइएको थियो । निर्धारित समयमा बोलिनसके छलफलमा थप समय लिन सकिने जानकारी दिइएको थियो । जसै प्रेमध्वज बोल्न थाले, उनको आवाज सुरुमा मसिनो र बिस्तारै उच्च हुँदै गएको सम्झना हुन्छ । आफ्नो बाल्ककालमै बुवाआमाको बिछोडको प्रसंग निकालेर उनले संघर्षको कथा सुरु गर्दा धेरै जना स्तब्ध भएका थिए । 

संगीतको भोक जागेपछि आपूmले के गरेँ भन्ने सन्दर्भमा प्रेमध्वजले बम्बई भाग्न न्यूरोड गएर साझा बसको टिकट काटेको सन्दर्भ र भोलिपल्ट किन भागेनन् भन्ने चर्चा गरे । उनले बम्बई नभाग्नुको पछाडि अमेरिकी पुस्तकालयमा जागिर खान गएको कुरा कोट्याए । म आपैmँ पुस्तकालयकर्मी भएकाले उनले पुस्तकालयमा काम गरेको सन्दर्भ मेरा लागि बढी रोचक र कौतूहलपूर्ण भइदियो । छलफलभरि पुस्तकालयबारे उनले थप कुरा कतै उठाएनन् । उनले दिइएको ४० मिनेट नाघेर करिब १ घण्टा बोले । बोलिसकेपछि उनलाई प्रश्न गर्ने पालोमा केही प्रश्न सोध्न तयार भएर बसेको मेरो पालो सहभागीका संगीतप्रतिका प्रश्नले धेरैपल्ट पछाडि धकेलियो । 

मैले उक्त ट्याक्सी अपहरण शैलीले उल्टो बाटो कुदाउनुका पछाडिको रहस्य बताएर साथीलाई फकाएँ ।

छलफल संगीतका ठूला–ठूला आरोह–अवरोहमा केन्द्रित भयो । उक्त छलफल सुन्ने उनका धेरै श्रोताले संगीतका स्कुप भेट्टाए । तिनमाथि थप केरकार गरे । म भनेँ पुस्तकालयको स्कुप भेटेर पनि प्रश्न गर्ने वातावरण पर्खेर बसेँ । उनका सांगीतिक घुम्तीमा नजाने भए पनि उनले अधिकांश समय व्यावसायिक भएर बिताएको पुस्तकालय घुम्तीबारे जान्ने इच्छा भयो । फागुनका दिन छोटा र चिसा हुन्छन् । छलफल सकिँदा साढे पाँच जस्तो बजेको थियो । त्यसमाथि कोही व्यक्तिगत भेट गर्ने इच्छाले प्रेमध्वजलाई कुरेरै बसिरहेका देखिन्थे । उनीसँग थप गफिने चाहना केहीको थियो । त्यो भन्दा बढी फोटोसेसनको चाहना गर्नेहरू यत्रतत्र थिए । हराभरा पूmलबारी र प्रिय गायक छेउमा भेट्दा केहीको मन आजभोलि भए टिकटक बनाउने नै सोच्थ्यो होला ! 

साथी प्रभाकर र म उनलाई बिदा गर्ने ध्याउन्नमा थियौँ । कैलाश राईजी लगायत अरु सहभागी उनलाई गार्डेननिर भेटेर फोटो खिच्दै हुनुहुन्थ्यो । म भने उनीसँग केही कुरा सोध्न पाइहालिन्छ कि भनेर पछिपछि लागिरहेको थिएँ । मौसम पानी पर्लाजस्तो भएको थियो । उनलाई बागबजार घर पु¥याउन ट्याक्सी आइपुगिसकेको थियो । 

मैले दौड्दै गएर ट्याक्सीलाई थापाथली चोक भएर त्रिपुरेश्वर निस्कँदै बागबजार जानुपर्ने सर्त राखेँ । यति नै पैसा दिनुपर्ने नभनिएको कारण हुनसक्छ, ट्याक्सीवाला दाइले आपूmलाई कुनै फरक नपर्ने बताए । जसै हामी ट्याक्सीमा बस्यौँ, मैले मौका छोपेर सिधै पुस्तकालयमा काम गरेका कुरा निकाल्न अनुरोध गरेँ । 

उनले केही सोध्नु अगाडि नै साथीले म पुस्तकालयकर्मी भएको जानकारी गराइदिए । उनी उत्साही भएर आफ्ना कुरा राख्न थाले । मैले आफ्नो मोबाइलको रेकर्डर ट्याक्सी चढ्नुअघि नै सुचारु गराइसकेको थिएँ । समयको सीमितताका कारण मैले ट्याक्सीलाई थापाथली हुँदै बागबजार लाने भएको थिएँ । यो कुरा मेरो साथीलाई पनि थाहा थिएन । लामो यात्रा भए लामो कुरा गर्न सकिने मेरो हतारको निष्कर्ष थियो । यसमा अर्को चाल पनि थियो । थापाथली पुगेपछि दाहिने मोडिन नपाउने नियम थियो । अब उक्त ट्याक्सी कुपण्डोल पुगेर मात्रै दाहिने मोडेर त्रिपुरेश्वर फर्कन मिल्थ्यो । थापाथली पुगेपछि साथीले ट्याक्सीलाई उल्टो बाटो आएको भन्दै थिए, म भनेँ प्रेमध्वज प्रधानसँग गफिँदै थिएँ । 

प्रधान कुरा गर्दा शालीन र भूमिका बाँधेर कुरा गर्दा रहेछन् । यसले विषयवस्तु बुझ्न त सहयोग नै ग¥यो तर समयको सीमितताले मलाई चिमोटिरह्यो । थापाथली, त्रिपुरेश्वर र जमलका ट्राफिक जाम ढिलो खुलेर यसपल्ट मलाई राम्रै सहयोग गरे । 

बिनातयारी गरिएको अन्तर्वार्ता कच्चा भएको थियो । अमेरिकी पुस्तकालयको प्रभाव र अमेरिकाको अङ्ग्रेजी नीतिबारे केही सोध्न मेरो पूर्वअध्ययनले सहयोग गरे । बागबजार पुगेर रत्न पुस्तकको गल्ली छिर्ने ठाउँमै उनले ट्याक्सी रोके । हामीले एक कप चियाको आग्रह गर्‍यौँ ।

प्रेमध्वज दाइले घरमा श्रीमतीलाई सञ्चो नभएकाले पछि फोन गर्नू भन्दै आफ्नो घरको ल्यान्डलाइन उच्चारण गरेर ओझेल परे । मैले उक्त ट्याक्सी अपहरण शैलीले उल्टो बाटो कुदाउनुका पछाडिको रहस्य बताएर साथीलाई फकाएँ । हामी चिया गफसँगै राती बागबजारबाट छुट्टियौँ । गीत गाएर तहल्का मच्चाउने गायक अमेरिकी पुस्तकालयमा ३३ वर्ष रहे पनि संगीत बिर्सिएनन् । पुस्तकालयप्रति उनको मोह र सम्मान उत्तिकै झल्कन्थ्यो । 

मलाई आजभोलि तिम्रै गीतको लयमा सोध्न मन लाग्छ प्रिय पुस्तकालयसेवी-तिमीलाई अचेल कहाँ भेटूँ ? वैशाख २३ गते दिउँसो ४ः५० मा मार्टिन चौतारीमा काम गर्दाका सहकर्मी विमल आचार्यले फोन गरेर प्रेमध्वज प्रधानको निधन भएको दुःखद् खबर सुनाए । प्रेमध्वज दाइसँगको अन्तर्वार्ता इकागज अनलाइनमा पुनः प्रकाशनको प्रस्ताव गरे । ‘पुस्तकालय आवाज’को प्रिन्ट संस्करण वैशाख २०७२ मा प्रकाशन भएको अन्तर्वार्ता उनै संगीत साधकको जीवनमा अर्पण गर्दै छ वर्षपछि २०७८ वैशाख २५ गते प्रकाशन गरियो ।

आकाशको तारा... गीतजस्तै तिमी आकाशमै हरायौ । तिम्रो पुस्तकालय सेवा र संगीतकोे झंकारले कति मान्छे आकाशका ताराझैँ चम्किरहेका होलान् ? बागबजारमा छुट्टिएपछि उनीसँग मेरो कहिल्यै भेट भएन । उनी रत्नको गल्लीमा हराउँदै गएको देखिरहेछु । नेपथ्यमा धुन बजिरहेछ— गोरेटो त्यो गाउँको ।
श्रद्धाञ्जली प्रिय गायक !

यो पनि : 

दार्जीलिङका मानिससँग सङ्गत भएपछि नारायण हामीसँग छुट्यो

‘नमान लाज यसरी’ गाउन गएका प्रेमध्वज जब ‘माइतीघर’मा हिरो बन्‍न लजाए

- अमेरिकी दूतावासका सेक्रेट चिज पनि मैले नै टाइप गर्थें

 

दुःख के हो, हैटीलाई सोध !

शुभाष चन्द्र पोखरेल | जेठ १, २०७८

सैनिक मुख्यालयको जनसम्पर्क निर्देशनालयबाट फोन आयो, ‘म क्याप्टेन बुद्ध थेबे । मिसन भ्रमणमा जाने पत्रक...

गजल-ग्रन्थ

बालिका थपलिया | जेठ १, २०७८

गाउन पनि मिल्ने भएकाले अनि थोरै शब्दमा धेरै अभिव्यक्ति दिन सकिने भएकाले गजलका पारखीहरू नगन्य छन् । जीवन...

विनोदविक्रम केसीलाई १५० बाट ६ हजारसम्म पुग्‍न किन दुई दशक लाग्यो ?

विमल आचार्य | बैशाख ३१, २०७८

वर्तमानमा नेपाली कविता कति बलियो छ, कवितामा सूक्ष्म हेराइ र तीक्ष्ण लेखाइ कस्तोसम्म हुन्छ, कविताले कसरी द...

सुनसान काठमाडौँ, ढकमक्क ज्याकारान्डा अनि मिथुन दा

चिरञ्‍जीवी मास्के | बैशाख २५, २०७८

२०७८ वैशाखको आधाआधी । बैजनी ज्याकारान्डा फूलले ढकमक्क छ काठमाडौँको रत्नपार्क, सहिद गेट, दरबार मार्ग र प्...

कहर

उद्धव देवकोटा | बैशाख २५, २०७८

हिजोआज मानौँ कुनै विभीषिकाको भयले तर्सिएको कम्पित जीर्ण शरीर जस्तै सिरानीमुनि सपना थन्क्याएर  &...