रोग र उपचार

नेपालमा निप्पा भाइरसको जोखिम

इकागज | भदौ २५, २०७८

काठमाडौँ- ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्थालाई 'निपा' भाइरसको महामारी नियन्त्रणका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ । महाशाखाले बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, सातै प्रदेशका प्रदेश स्वास्थ्य आपतकालीन केन्द्र, स्वास्थ्य आपतकालीन संचालन केन्द्र र सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालयलाई बोधार्थ पठाएको पत्रमा नेपालमा पनि निप्पा भाइरसको जोखिम रहेको ‍औल्याएको छ ।

महाशाखाले देशभरका अस्पताललाई निर्देशन दिएको हो। निर्देशनमा कुनै बिरामीको तीव्र रुपमा स्वास्थ्य अवस्था बिग्रिएमा वा मृत्यु भएका तत्काल ‘अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम (ईवाईआरएस)’ मार्फत जानकारी दिन बताइएको छ ।

'रोगको यकिन निदान नहुँदै वा तीव्र रूपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रदै गएका वा मृत्यु भएका बिरामीहरूको समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनिकरण गर्ने प्रबन्ध ईवाईएआरएस रिपोर्टिङमार्फत गर्नुहुन सबै ईवाईएआरएस सेन्टिनेल साईट/अस्पतालहरूलाई सूचना गर्ने,'महाशाखाले देशभरका अस्पताललाई लेखेको छ ।

जिल्लाबाट बिरामीको नमुना तत्काल केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला पठाउन महाशाखाले निर्देशन दिएको छ । 'बिरामीहरूको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा यथाशिघ्र पठाउने व्यवस्था मिलाउन हुन अनुरोध छ,' विज्ञप्‍तिमा लेखिएको छ ।

अहिले भारतको केरलमा निपा भाइरसको संक्रमण देखिएको छ। निपा भाइरसबाट एक जना १२ वर्षीय बालकको मृत्यु भएको पुष्टि भएको छ। केरला सरकारले नै निपाबाट बालकको मृत्यु भएको सार्वजनिक गरेको हो। यससँगै केरलमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । त्यस्तै, केन्द्र सरकारले पनि भारतभर स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको छ।

निपा भाइरस पहिलोपटक सन् १९९९  मा मलेसियामा देखिएको थियो। त्यसैगरी बंगलादेशमा २००१ मा देखिएको थियो । यो सुगुरबाट मान्छेमा सरेको थियो। यो भाइरसका लागि कुनै पनि औषधि र खोप बनेको छैन। यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ।

सुरक्षित रहने उपायहरूः 

सुगुरको फारम दैनिक सफा राख्‍नुपर्छ । फारमलाई डिटरजेन्ट प्रयोग गरि सफाई गर्नुपर्छ । कुुनै पनि जनावरमा यसका लक्षण देखिएमा ती  जनावरलाई छुट्टै ठाउँमा राख्नुपर्छ ।


 

निजी अस्पतालले ज्येष्ठ नागरिक उपचार कक्ष बनाएनन, संक्रामक रोग सर्ने उच्च जोखिम

इकागज | भदौ ४, २०७८

काठमाडौँ- निजी अस्पतालले ज्येष्ठ नागरिकलाई भौतिक सुविधा सम्पन्‍न कक्ष निर्माण नगरेको पाइएको छ । स्वास्...

जापानले अनुदानको दिएको खोप तीन दिनभित्रै आइसक्ने, आएको तीन दिनभित्रै लगाइने

इकागज | साउन २१, २०७८

काठमाडौँ– जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेका खोप शनिबार र आइतबार नेपाल आइपुग्ने भ...

बैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन क्याप्सुल र जुकाको औषधी खुवाइने

इकागज | बैशाख २, २०७८

काठमाडौँ : सरकारले साना बालबालिकालाई भिटामिन एको क्याप्सुल र जुकाको औषधी खुवाउने कार्यक्रम राखेको छ ।...

ज्यानमारा वायु प्रदूषण, यसरी पुर्‍याउँदैछ मृत्युको मुखमा

काठमाडौँ : सोमबार अबेरसम्म डा.नवराज केसी आफ्नो क्लिनिकमा बसिरहेका थिए । वायु प्रदूषणको चिन्ता एका...