विश्व

फ्रान्समा चर्च नजिकै चक्कु प्रहार गरी तीन जनाको हत्या

एजेन्सी |
कात्तिक १३, २०७७ बिहीबार १९:२५ बजे

तस्बिरः काश्मीर अब्जर्भर

काठमाडौं : मुस्लिम विश्‍वले फ्रान्सलाई खेदिरहेको अवस्थामा फ्रान्सको नाइस सहरको एक प्रसिध्द चर्चनजिक चक्कु आक्रमणबाट तीन जनाको ज्यान गएको छ । चक्कु आक्रमण गर्ने शंकास्पद अभियुक्तले पटक-पटक अल्लाह अकबरको नारा लगाएको जनाकारी त्यहाँको मेयरले दिएका थिए ।

बिहीबार बिहान भएको चक्कु आक्रमणमा दुई महिला र एक पुरुष मारिएको सीएनएनले जनाएको छ । सीएनएनका अनुसार नाइस सहरको प्रसिध्द चर्च नोट्रेडम बासिलिका नजिकै आतंककारी आक्रमण भएको हो । तीन जनाको ज्यान गुमेको त्यहाँका मेयर क्रिश्‍चियन इस्ट्रोसीले नै जानकारी दिएका थिए । जानकारी अनुसार एक जना महिलाको टाउको नै छिनालिदिएको प्रहरीले उल्लेख गरेको छ । मारिएका तीन मध्ये एक चर्चका कर्मचारी थिए ।


घटनाका शंकास्पदलाई लगत्तै समातिएको पनि जनाइएको छ । बिहीबार रातिदेखि लागू हुने लकडाउनका नयाँ नियमहरु जानकारी दिइरहेको बेला ‘राष्ट्रिय सभा’मा आतंकवादी हमलाको सूचना आएको थियो । सूचना लगत्तै एक मिनेट मौन धारण गरिएको पनि फ्रान्सेली संचारमाध्यमले जनाएका छन् । सोही सहरमा चार वर्षअघि भएको भयानक आतंकवादी हमलामा ८६ मानिसको ज्यान गएको थियो ।

फ्रान्सलाई यतिबेला मुस्लिम विश्‍वले फरक दृष्टिले हेरेको मात्र छैन । उ विरुद्ध अधिकांश मुश्लिम विश्‍व एक बनेको छ । फ्रान्सको कुनै पनि उत्पादन उपयोग नगर्ने र राष्ट्रपति इम्मानुयल माक्रोनविरुध्द चर्को नारावाजी गर्ने काम भइरहेको छ । 


Author

थप समाचार
x