विश्व

इरानले कब्जा लियो इजरायलको कन्टेनर जहाज, १७ भारतीय अझै बन्धक

इकागज |
बैशाख ३, २०८१ सोमबार ७:४० बजे

नयाँ दिल्ली- इरानको रिभोलुसनरी गार्ड्सले इजरायलको एउटा कन्टेनर जहाज कब्जामा लिएको छ ।

इरानले जहाज कब्जा गरेको घोषणा गरेपछि इजरायली सेनाले यसको परिणाम इरानले भोग्नुपर्ने चेतावनी दिएको छ । इरानको अर्धसैनिक रिभोलुसनरी गार्डका कमाण्डोले ‘स्ट्रेट अफ हर्मुज’ नजिकैबाट यो कार्गो पानी जहाज कब्जामा लिएका हुन् ।


सो जहाजमा १७ भारतीय पनि सवार रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छ ।

इन्डियन एक्सप्रेसका अनुसार पोर्चुगिज झण्डाको कार्गो जहाज एमएससी एरीजमा २५ चालक दलका सदस्यमध्ये १७ जना भारतीय रहेका छन् । समाचार अनुसार भारतीय नागरिकको सुरक्षा र चाँडो रिहाइ सुनिश्चित गर्न भारत इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा आक्रमण भएको देख्न सकिन्छ । बोर्डमा चालक दलका सदस्यले भनेको सुन्न सकिन्छ ‘बाहिर नआउ’ । जहाज कब्जामा लिइएको हेलिकप्टर इरानको अर्धसैनिक रिभोलुसनरी गार्डको थियो । सो कार्गो जहाजमा इजरायली व्यापारी इअल अफरको पनि स्वामित्वमा रहेको जनाइएको छ ।


Author

थप समाचार
x