विश्व

उड्दै गरेको बोइङ विमानको 'इन्जिनको ढक्कन' खसेपछि…

इकागज |
चैत २६, २०८० सोमबार १२:८ बजे

काठमाडौँ- अमेरिकाको साउथवेस्ट एयरलाइन्सको बोइङ ७३७-८०० विमान उड्ने क्रममा नै एक इन्जिनको ढक्कन खसेको छ ।

विमान उड्ने समयमा इन्जिनको ढक्कन खसेर विमानको पखेटामा ठोक्किएको बीबीसीले जनाएको छ ।


उक्त घटनापछि अमेरिकी वायुसेवा नियामकहरूले अनुसन्धान सुरु गरेका समेत बीबीसीले उल्लेख गरेको छ ।

साउथवेस्ट एयरलाइन्सको उडान ह्युस्टनका लागि प्रस्थान गरेपनि उक्त घटनापछि विमान पुनः डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा फर्किएको थियो ।

विमानमा १ सय ३५ जना यात्रु तथा चालक दलका ६ सदस्य रहेका थिए । विमान १० हजार ३ सय फिटमाथि सम्म उडेर अवतरण गरिएको थियो ।

बोइङमा निर्माण र सुरक्षा चिन्ताको व्यक्त भइरहेको समयमा यो घटना भएको हो ।


Author

थप समाचार
x