विश्व

भारतमा एक प्रतिशत धनीहरूको स्वामित्वमा देशको ४०.१ प्रतिशत सम्पत्ति

इकागज |
चैत १३, २०८० मंगलबार १०:२७ बजे

काठमाडौँ- भारतमा एक प्रतिशत धनी मानिसहरूमा देशको ४०.१ प्रतिशत सम्पत्ति रहेको पाइएको छ । सन्‌ २०२३ को अन्त्यसम्मको तथ्याङ्कहरूलाई आधार मानेर गरिएको अनुसन्धानमा भारतमा १ प्रतिशत अति धनी व्यक्तिहरूको स्वामित्वमा देशको ४०.१  प्रतिशत सम्पत्ति रहेको पाइएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेपछि धनी र गरिबबीचको खाडल झनै तीव्र रूपमा फराकिलो भएको पनि उक्त अध्ययनले देखाएको छ ।


असमानताका मुद्दाहरूमा अनुसन्धान गर्ने  फ्रान्सका प्रख्यात अर्थशास्त्री  थोमस पिकेट्टीलगायतका विशेषज्ञहरूले गरेको अनुसन्धानका अनुसार शीर्ष १ प्रतिशत अथवा करिब ९२ लाख मानिसहरूले कुल आयको २२.६  प्रतिशत कमाउने गरेका छन् । जुन सन्‌ १९२० को दशकपछिकै सबैभन्दा ठूलो हिस्सा हो । 

उक्त प्रतिवेदनले विश्वको पाँचौं ठूलो अर्थतन्त्रका रुपमा उदाएको भारतमा गहिरिँदै गएको असमानतालाई नव धनाड्यहरूको अधिनमा रहेको अहिलेको भारतको अर्थतन्त्रले धनी र गरिबबीचको असमानता ब्रिटिश उपनिवेश युगको भन्दा पनि ठूलो भएको औंल्याएको छ । विश्व असमानता अनुसन्धान केन्द्रले भारतमा अहिले पनि शैक्षिक अवसरहरूको अभाव जस्ता कारणले ठूलो हिस्सा कम आयस्रोतबाट माथि उठ्न असमर्थ रहेको जनाएको छ ।


Author

थप समाचार
x