विश्व

मारुती सुजुकीले किन्यो एआई स्टार्टअप अमल्गो ल्याब्सको शेयर

इकागज |
चैत १०, २०८० शनिबार १७:३० बजे

काठमाडौँ- मारुती सुजुकी इन्डियाले भारतीय आर्टिफिसियल इन्टेलिजेन्स एन्ड मेसिन लर्निङ (एआई-एमएल) स्टार्टअप अमल्गो ल्याब्सको शेयर खरिद गरेको छ ।

मारुती सुजुकीले अमल्गो ल्याब्सको ६.४४ प्रतिशत शेयर १ करोड ९९ लाख भारतीय रुपैयाँमा खरिद गरेको आईएएनएसले जनाएको छ ।


अमल्गो ल्याब्सले डाटा एनालाइटिक्स, क्लाउड इन्जिनियरिङ् र एआई-एमएलको क्षेत्रमा कम्पनीहरूलाई डाटा-ड्रिभन निर्णय निर्धारणमा सहयोग गर्ने काम गरिरहेको छ ।

अमल्गो ल्याब्सको कार्यालयहरु गुरुग्राम, बैँग्लुरु र अमेरिकाको डेलावेरमा रहेको छ ।


Author

थप समाचार
x