विश्व

टेक जायन्ट एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको आरोप

इकागज |
चैत ९, २०८० शुक्रबार १२:११ बजे

काठमाडौँ- अमेरिकाले स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको तथा प्रतिस्पर्धालाई मारेको आरोप लगाउँदै एप्पलविरुद्ध ऐतिहासिक मुद्दा दायर गरेको छ ।

अमेरिकी न्याय विभागले आफ्नो कानूनी कारबाहीमा कम्पनीले ग्राहक र विकासकर्ताहरूलाई 'नियन्त्रणमा राख्न' आईफोन एप स्टोरको नियन्त्रणको दुरुपयोग गरेको आरोप लगाएको बीबीसीले जनाएको छ ।


एप्पलमाथि खतराको रूपमा देखिएका एपहरूलाई रोक्न र प्रतिस्पर्धी उत्पादनहरूलाई कम आकर्षक बनाउन अवैध कदम चालेको आरोप लगाइएको छ ।

एप्पलले ती आरोपहरु अस्विकार गर्दै मुद्दाविरुद्ध लड्ने जनाएको छ ।

 


Author

थप समाचार
x