विश्व

मिस्टरबिस्टले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो' गर्ने, ५ मिलियन डलर पुरस्कार

इकागज |
चैत ६, २०८० मंगलबार १३:१६ बजे

काठमाडौँ- युट्यूब स्टार मिस्टरबिस्ट अर्थात जिम्मी डोनाल्डसनले अहिलेसम्मकै ठूलो टिभी 'रियालिटी शो' आयोजना गर्ने भएका छन् ।

मिस्टरबिस्टले अमेजन प्राइम भिडियोसँगको सहकार्यमा उक्त रियालिटी शो आयोजना गर्न लागेका हिन्दुस्तान टाइम्सले जनाएको छ ।


उक्त रियालिटी शो मा १ हजारको सहभागिता रहने तथा विजेतालाई ५ मिलियन अमेरिकी डलर प्रदान गरिनेछ ।

मिस्टरबिस्ट उक्त रियालिटी शोमा होस्ट र कार्यकारी निर्माताको रूपमा काम गर्नेछन् ।


Author

थप समाचार
x