विश्व

एनभिडियाले सार्वजनिक गर्‍यो नयाँ एआई चिप

इकागज |
चैत ६, २०८० मंगलबार १२:२८ बजे

काठमाडौँ- अमेरिकी टेक्नोलोजी जायन्ट एनभिडियाले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप सार्वजनिक गरेको छ ।

बीबीसीले जनाएअनुसार एनभिडियाको नयाँ एआई चिपले पुरानोभन्दा ३० मिनेट छिटो काम गर्नेछ ।


एनभिडियाले चिप बजारमा ८० प्रतिशत हिस्सा ओगटेको बीबीसीले जनाएको छ । एनभिडियाका प्रमुख कार्यकारी जेनसेन हुआङले नयाँ सफ्टवेयर टुल्सबारे समेत जानकारी गराएका छन् ।

एनभिडिया माइक्रोसफ्ट र एप्पलपछि अमेरिकाको तेस्रो सर्वाधिक मूल्यवान कम्पनी हो । यसको शेयर मूल्य एक वर्षमै २ सय ४० प्रतिशतले बढेको छ ।


Author

थप समाचार
x