विश्व

अस्ट्रेलियाका ट्याक्सी चालकलाई १७८ मिलियन अमेरिकी डलर तिर्न उबर तयार

इकागज |
चैत ५, २०८० सोमबार १२:२ बजे

काठमाडौँ- अमेरिकी ट्रान्सपोर्टेसन कम्पनी उबरले अस्ट्रेलियामा मुद्दा सुल्झाउन ट्याक्सी संचालक तथा चालकहरूलाई १ सय ७८.३ मिलियन अमेरिकी डलर तिर्न तयार भएको छ ।

ल फर्म मौरिस ब्ल्याकबर्न लयर्सले ८ हजार भन्दा बढी ट्याक्सी र भाडामा कार उपलब्ध गराउने मालिक र चालकहरूको तर्फबाट उबरविरुद्ध मुद्दा दायर गरेको थियो ।


उबर 'आक्रामक रूपमा' अस्ट्रेलियामा प्रवेश गर्दा उनीहरूले आम्दानी गुमाएको भन्दै उबरविरुद्ध मुद्दा दायर गरेको थियो ।

सन् २०१८ देखि उबरले अस्ट्रेलियामा विभिन्न राज्य-स्तरीय ट्याक्सी क्षतिपूर्ति योजनाहरूमा महत्त्वपूर्ण योगदान गरेको जनाउँदै उबरले उक्त रकम तिर्न तयार भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

उबरविरुद्ध सन् २०१९ मा अस्ट्रेलियाको भिक्टोरिया राज्यको सर्वोच्च अदातलमा मुद्दा दायर गरिएको थियो ।

सन् २००९ मा स्थापना भएको अमेरिकी कम्पनी उबरले विभिन्न ७० देशको १० हजार भन्दा बढी सहरमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।


Author

थप समाचार
x