विश्व

एलन मस्कको स्पेशएक्सले जासूसी स्याटेलाइट विकास गर्दै

इकागज |
चैत ४, २०८० आइतबार १२:५ बजे

काठमाडौँ- एलन मस्कको नेतृत्वमा रहेको स्पेशएक्सले सयौं संख्यामा जासूसी उपप्रह (स्याटेलाइट) विकास गरिरहेको खुलासा भएको छ ।

जासूसी उपग्रहहरूको व्यवस्थापन गर्ने गुप्तचर एजेन्सी अमेरिकाको नेशनल रिकोनिसेन्स अफिस (एनआरओ) सँग मिलेर स्पेशएक्सले सयौं जासूसी उपग्रहहरू निर्माण गरिरहेको रोयटर्सले जनाएको छ ।


स्पेशएक्सले ती जासूसी उपग्रहहरु आफ्नो स्टारशिल्ड विभागबाट १.८ बिलियन अमेरिकी डलरमा निर्माण गरिरहेको बताइएको छ ।

जासूसी उपग्रहहरु विकास गर्न स्पेशएक्सले एनआरओसँग सन् २०२१ मै सम्झौता गरेको रोयटर्सले उल्लेख गरेको छ । यसले अमेरिकी सरकारको पनि ठूलो लगानी रहेको बताइएको छ ।

यदि उक्त परियोजना सफल भए विश्वको कुनै पनि ठाउँमा सम्भावित लक्ष्यहरू तुरुन्तै पत्ता लगाउन अमेरिकी सेनाको क्षमतालाई उल्लेखनीय रूपमा अगाडि बढाउने अनुमान गरिएको छ ।


Author

थप समाचार
x