विश्व

गुगलले रोक्यो जेमिनी च्याटबोटमा निर्वाचनसम्बन्धी उत्तर

इकागज |
फागुन ३०, २०८० बुधबार १५:५८ बजे

काठमाडौँ- गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाएको छ ।

जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाइएको गुगलले सुनिश्चित गरेको बीबीसीले जनाएको छ ।


गुगलले जनाएअनुसार अप्रिलमा हुने निर्वाचनलाई लक्षित गरेर भारतमा उक्त सुविधामाथि रोक लगाइएको हो ।

निर्वाचनलाई लिएर एआई प्रविधिविरुद्ध उत्पन्न हुने विवादबाट बच्नका लागि गुगलले जेमिनीमा उक्त सुविधामाथि रोक लगाएको जनाइएको छ ।

यसै वर्ष वर्ष अमेरिका, बेलायत र दक्षिण अफ्रिकामा पनि निर्वाचन हुने तालिका रहेको छ । ती निर्वाचनलाई लिएर पनि गुगलले उक्त कदम अघि बढाएको गुगलले जनाएको छ ।


Author

थप समाचार
x