विश्व

कागजात चोरी गरेको आरोपमा मेटाले एक पूर्व कर्मचारीविरुद्ध दायर गर्‍यो मुद्दा

इकागज |
फागुन २९, २०८० मंगलबार १६:२८ बजे

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म्स इन्कले कागजात चोरी गरेको भन्दै आफ्ना एक पूर्व उपाध्यक्षमाथि मुद्दा दायर गरेको खुलासा भएको छ ।

मेटामा १२ वर्ष काम गरेका दिपिन्दर सिंह खुरानामाथि कार्यालय छाड्ने समयमा कम्पनीको अत्यधिक संवेदनशील, गोप्य र सार्वजनिक गर्न नमिल्ने कागजात चोरी गरेको आरोपमा मुद्दा दायर गरिएको ब्लुमबर्गले जनाएको छ ।


खुरानाविरुद्ध मेटाले गत फेब्रुअरी २९ तारिखमै क्यालिफोर्निया स्टेट कोर्टमा दायर गरिए पनि उक्त विषयलाई गोप्य राखिएको थियो । उनीमाथि आफ्नो सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ ।

मेटाले दाबी गरेअनुसार कम्पनी छाड्दै गर्दा खुरानाले मेटामा कार्यरत कर्मचारीको तलब र काम साथै कम्पनीले गरेका सम्झौता जस्ता कागजात व्यक्तिगत गुगल ड्राइभ र ड्रपबक्स अकाउन्टमा राखेका थिए ।


Author

थप समाचार
x