विश्व

टिकटकमाथिको प्रतिबन्धले मानिसका शत्रु फेसबुकलाई फाइदा पुग्ने ट्रम्पको चेतावनी

इकागज |
फागुन २९, २०८० मंगलबार ११:५८ बजे

फाइल फोटो

काठमाडौँ- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्धले केवल मानिसका शत्रु फेसबुकलाई फाइदा हुने चेतावनी दिएका छन् ।

अमेरिकामा टिकटकको माउ कम्पनीलाई एप बेच्न वा प्रतिबन्ध लगाउन बाध्य पार्ने विधेयक आएपछि ट्रम्पले उक्त विधेयकको विरोध गरेका बीबीसीले जनाएको छ ।


आफू राष्ट्रपति हुँदा सन् २०२० मा टिकटकमाथि प्रतिबन्ध लगाउन खोजेका ट्रम्पले भने अहिले उक्त कदमले केवल फेसबुकका मालिक मेटालाई फाइदा पुग्ने बताए ।

अहिले अमेरिकी सांसदहरुले टिकटकका माउ कम्पनी बायटडान्सलाई आउँदो सेप्टेम्बर ३० सम्म एप बेच्न बाध्य बनाउन सक्ने विधेयकमाथि छलफल गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भने विधेयक पास भए आफूले त्यसमा हस्ताक्षर गर्ने बताएका छन् ।


Author

थप समाचार
x