विश्व

बिटक्वाइनको मूल्य पहिलोपटक ७१ हजार डलर

इकागज |
फागुन २८, २०८० सोमबार १५:२० बजे

काठमाडौँ- क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पहिलोपटक ७१ हजार अमेरिकी डलर पुगेको छ ।

अमेरिकी शेयर बजारमा यसै वर्ष बिटक्वाइनको मूल्यमा ७० प्रतिशतको वृद्धि भएको ब्लुमबर्गले जनाएको छ ।


सोमबार बिटक्वाइन ३.२ प्रतिशतले बढेर ७१ हजार ६ सय ३१.४५ डलर पुगेको थियो ।

अन्य क्रिप्टोकरेन्सीहरू इथर, सोलाना र अभेलेन्चको पनि मूल्यमा वृद्धि भएको बताइएको छ ।

लन्डन स्टक एक्सचेन्जले बिटक्वाइन र इथर एक्सचेन्ज-ट्रेडेड नोटहरू स्वीकार गर्नका लागि आवेदनहरू स्वीकार गर्ने पुष्टि गरेपछि बिटक्वाइनको मूल्यमा पुनः उछाल आएको हो ।


Author

थप समाचार
x