विश्व

अनुचित व्यापार अभ्यासका लागि एयरबिएनबीलाई दक्षिण कोरियामा जरिवाना

इकागज |
फागुन २८, २०८० सोमबार ११:५० बजे

काठमाडौँ- दक्षिण कोरियाको एन्टिट्रस्ट नियामकले एयरबिएनबीलाई जरिवाना तोक्नुका साथै सुधारात्मक उपायहरू अपनाउन चेतावनी दिएको छ ।

छोटो-अवधिका लागि घर भाडा लगाउनेहरूको जानकारी सही रुपमा प्रमाणित गर्न असफल भएको भन्दै दक्षिण कोरियाली निकायले एयरबिएनबीलाई ५ लाख जापानी येन जरिवाना तोकेको आईएएनएसले जनाएको हो ।


घर भाडामा लगाउनका लागि एक प्लेटफर्मको रुपमा रहेको एयरबिएनबीमाथि दक्षिण कोरियाको इलेक्ट्रोनिक कमर्स ऐनको उल्लङ्घन गरेको भन्दै उक्त रकम जरिवाना गरिएको हो ।

त्यसका साथै कम्पनीले आफ्नो वेबसाइटमा पर्याप्त जानकारी प्रदान नगरेको समेत जनाइएको छ ।


Author

थप समाचार
x