विश्व

नासाको अन्तरिक्ष यानले बृहस्पतिको चन्द्रमाका लागि बोक्ने विशेष सन्देशमा के लेखिएको छ ?

इकागज |
फागुन २७, २०८० आइतबार १२:४५ बजे

काठमाडौँ- अक्टोबरमा प्रक्षेपणको तयारी गरिएको नासाको युरोपा क्लिपर मिसनले बृहस्पतिको चिसो चन्द्रमाको सतह मुनि जीवनलाई समर्थन गर्न सक्ने स्थानहरू भएको वा नभएको भन्ने अध्ययन गर्नेछ ।

तर अक्टोबरमा नासाले युरोपा क्लिपर मिसनको प्रक्षेपण गर्दा अन्तरिक्षयानले  युरोपामा सम्भावित जीवनको लागि विशेष सन्देशसहितको त्रिकोणीय धातु प्लेट समेत बोक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ ।


बृहस्पतिको चन्द्रमाको बरफको क्रस्टमुनि एउटा महासागरको बलियो प्रमाण दिएको र यसमा पृथ्वीका सबै महासागरहरूमा पाइने पानीको दोब्बर भन्दा बढी मात्रा हुन सक्ने नासाले दावी गरेको छ ।

अनुसन्धानका लागि पठाइन लागिएको अन्तरिक्षयानमा लेखिएको सन्देशमा भने अमेरिकी कवी अदा लिमोनको कविता, २६ लाख सर्वसाधारणको नाम लेखिएको सिलिकन माइक्रोचिपसँगै विभिन्न १ सय ३ भाषामा पानी लेखिएको छ ।


Author

थप समाचार
x