विश्व

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीमाथि सोधपुछ हुँदै

एजेन्सी |
साउन ५, २०७९ बिहीबार १५:१० बजे

फाइल तस्बिर

नयाँ दिल्ली- सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक ईडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घण्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।


निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।


Author

थप समाचार
x