विश्व

युक्रेनी सहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

इकागज |
असार २०, २०७९ सोमबार ६:१३ बजे

फाइल तस्बिर

किएभ - युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम सहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् । 

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ । 


रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु भनेको ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रक्षा मन्त्रालयको  विज्ञप्तिमा भनिएको छ ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ सहरमा आक्रमण गरेका बताएका थिए । युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन् ।
 


Author

थप समाचार
x