पर्यटन

श्री एयरलाइन्सलाई सबै विमानको एक साताभित्र प्राविधिक रिपोर्ट बुझाउन प्राधिकरणको निर्देशन

इकागज |
चैत ७, २०८० बुधबार १२:० बजे

तस्बिर : फाइल फोटो

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाजलाई एक साताभित्र प्राविधिक रुपमा सबै परीक्षण गर्न निर्देशन दिएको छ । धनगढी पुगेको विमानमा समस्या देखिएपछि प्राधिकरणले सञ्चालित सबै विमानको परीक्षण गर्न निर्देशन दिएको हो ।

एक साताभित्र श्री एयरलाइन्सको जहाजको प्राविधिक रिपोर्ट बुझाउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए । 'प्राधिकरणले श्री एयरलाइन्सको प्रतिनिधिसँग बसेर छलफल गरेका छौँ' उनले भने ।


‘हिजोदेखि सुरु भएको छ, एक साताभित्र सबै जहाजको परीक्षण गरेर रिपोर्ट बुझाउन भनेका छौँ,’ उनले इकागजसँग भने,’ एयरलाइन्सको प्राविधिक रिपोर्टमा प्राधिकरण सन्तुष्ट भएमा ठिक छ । सन्तोषजनक रिपोर्ट नआएमा थप निर्णय गर्छौँ ।‘

पटक-पटक श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि सबै विमानको विस्तृत रुपमा परीक्षण गरेर रिपोर्ट बुझाउन लगाइएको प्रवक्ता निरौलाले बताए । प्राधिकरणले आगामी दिनमा श्री एयरलाइन्सको विमानमा कुनै पनि घट्ना नदोहोरियोस् भनेर निर्देशन दिएको हो ।

केही दिनअघि मात्र धनगढी पुगेको विमानमा समस्या देखिएपछि श्री एयरलाइन्सले यात्रुले अर्को विमानमा काठमाडौँ ल्याएको थियो । श्री एयरलाइन्सको दुई जना इन्जिनियरलाई निलम्बन गरिसकेको छ ।

श्री एयरलाइन्ससँग हाल ८ विमान छ । जसमध्ये चार वटा विमानले मात्र सेवा दिइरहेका छन् ।

 

 


Author

थप समाचार
x