पर्यटन

मन्त्री किरातीको प्राधिकरणका कर्मचारीलाई चेतावनी : ग्राउण्ड ह्यान्डलिङको कुरा नउठाउनु राम्रो हुँदैन

इकागज |
पुस १५, २०८० आइतबार १५:३५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ग्राउण्ड ह्यान्डलिङ्को विषयमा कुरा नउठाउन नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई आग्रह गरेका छन् ।

आइतबार सिनामंगलस्थित प्राधिकरणको मुख्यालयमा २५ औँ वार्षिकोत्सव समारोहमा पटक-पटक वायुसेवा निगमको कुरा झिकेर ग्राउण्ड ह्यान्डलिङ्कको विषयमा कुरा नझिक्न बताएका हुन् ।


‘वायुसेवा निगम सच्चिनुपर्छ, विकास हुनुपर्छ हामीलाई पनि थाहा छ,’ मन्त्री किरातीले भने,’ वायुसेवा निगमले ग्राउण्ड ह्यान्डलिङ लिने कि नलिने भन्ने विषयमा किन धुवाँ उडाउनुहुन्छ । आजदेखि देशमा यो विषयमा कोकोहोलो गर्न बन्द गर्नुहोस ।‘

ग्राउण्ड ह्यान्डलिङको विषय प्रधानमन्त्री र ठूला राजनीतिक दलसम्मको कुरा रहेको उनले बताए ।

‘वायुसेवा निगमलाई बचाउँन ग्राउण्ड ह्यान्डलिङ चाहिन्छ,’ उनले अगाडि थपे,’ अर्को निर्णय नभएसम्म कुरा उठ्यो भने यसको नेतृत्त्वमाथि हस्तक्षेप हुन जान्छ । सह्य हुँदैन र आजदेखि त्यस विषयमा पूर्ण विराम लाग्नुपर्छ ।‘

ग्राउण्ड ह्यान्डलिङको विषयमा कुरामा नउठाउन उनले ध्यानाकर्षण गराए । अन्यथा बारम्बार कुरा उठिरहेमा नराम्रो हुने मन्त्री राईले चेतावनी दिए । वायुसेवा निगमको जीवन ग्राउण्ड ह्यान्डलिङ रहेको उनले उल्लेख गरे ।

वायुसेवा निगम डुबेको मन्त्री राईले थप प्रस्ट पारे । ‘कुनै नेतृत्त्वले आएर डुबाएको हो ? हुनत राम्रो हुनुपर्थ्यो हामी राम्रो हुन सकेका छैनौ,’ उनले कर्मचारीलाई लक्षित गर्दै भने,’ सकिन्छ भने त्यसको पुनसंरचना गरौ । विधि प्रक्रियाबाट समाधान खोजौ ।‘

नीति र नेतृत्त्वभन्दा माथि गएर कुरा नउठाउनु र उठाएमा राम्रो नहुने उनले चेतावनी दिए ।

 

 

 

 

 


Author

थप समाचार
x