क्रिकेट

वेस्ट इन्डिज 'ए' ले नेपाललाई दियो १६१ रनको लक्ष्य

इकागज |
बैशाख १६, २०८१ आइतबार १३:४७ बजे

काठमाडौँ- पाहुन टोली वेस्ट इन्डिज 'ए' ले पाँच खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेलमा नेपाललाई १ सय ६१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज 'ए' निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो ।


वेस्ट इन्डिज 'ए' का लागि आन्द्रे फ्लेचरले ४३, कप्तान रोस्टन चेजले २३ रन, जोनसन चार्ल्सले ११ तथा केसी कार्टीले १० रन बनाए । गुडाकेस मोटीले ३३ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले २-२ तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट हात पारे ।

यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ४ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x