पर्यटन

थाइ एयरवेजको ८० थान ग्राउ‍ण्‍ड ह्यान्डलिङ्गको वायुसेवा निगमलाई हस्तान्तरण

इकागज |
पुस ८, २०८० आइतबार १८:४४ बजे

काठमाडौँ- नेपाल एयरलाइन्सले थाइ एयरवेजको ग्राउण्ड ह्यान्डलिङ्ग गर्ने सम्झौता गरेको छ । यसअघि निगमले थाइ एयरवेजको जहाजलाई ग्राउण्ड ह्यान्डलिङगको सेवा दिँदै आएको छ । गत कात्तिक ११ गते थाइ एयरवेजबीच र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको थाइ एयरवेजको ८० थान ग्राउण्ड ह्यान्डलिङ्गको सामग्री समेत नेपाल वायुसेवा निगमलाई प्रदान गरेको छ । उक्त सामग्री लिनका लागि नेपाल सरकारबाट गत साउन ३ स्वीकृत भएको थियो ।


निगमका अनुसार सामग्री राख्‍ने स्वीकृत भएसँगै आवश्यक समन्वय गरी उक्त सामग्रीहरू निगमको स्वामित्वमा रहने गरी मंसिर ३० गते हक हस्तान्तरण सम्झौतासमेत भएको हो ।

निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारीले र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेष्टर्न एण्ड मिडिल इष्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका छन् ।

निगमले गर्ने ग्राउण्ड ह्याडलिङ्ग सेवा इन्ट्ररनेशनल सेफ्टी अडिट फर ग्राउण्ड प्रमाणित भएको र निगमको ह्यान्डलिङ्ग सेवालाई थाइ सरकार तथा राष्ट्रिय ध्वजा वाहक थाइ एयरवेजले विश्वास गरेको धन्यवाद व्यक्त गरेको छ ।  

 


Author

थप समाचार
x