सेयर

सेयर बजार बढ्यो

इकागज |
बैशाख २७, २०८१ बिहीबार १६:५४ बजे

काठमाडौं - साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ । अन्तिम समयमा बजार परिसूचक २.०६ अंक सकारात्मक रहेर बन्द भएको हो ।

२ अंकले बजार बाढ्दा परिसूचक १९६०.८१ मा उक्लिएको छ । सामान्य अंकले बजार बढ्दा १२० कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने ११ को स्थिर रह्यो । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ ।


अघिल्लो दिन २ अर्ब ८९ करोडको कारोबार भएकोमा आज २ अर्ब १४ करोडको सेयर खरिद बिक्री भएको छ ।  मंगलबारको कारोबारमा समूहगत रुपमा हेर्दा माइक्रोफाइनान्समा आकर्षण देखियो । सो समूह २.४३ प्रतिशत बढ्यो । 

व्यापार र फाइनान्स समूह १ प्रतिशत घटे । अंकका आधारमा माइक्रोफाइनान्स १००, विकास बैंक १२ र अन्य समूह ११ ले बढे । बैंकिङ ०.८६, फाइनान्स २१, होटल २, हाइड्रोपावर १०, जीवन बीमा ३०, उत्पादन ३५, निर्जीवन बीमा ०.३ र ब्यापार समूह २९ अंक घटे ।

हिमालयन लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । इनिफिनिटी लघुवित्तको ८.४, समताको ७.४, सबैको लघुवित्तको ७, आरम्भ चौतारीको ६.५ तथा साधुना लघुवित्तको ६.१ प्रतिशत मूल्य बढ्यो । त्यस्तै बोटलर्स नेपाल तराइको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशत घट्यो । सीवाईसी लघुवित्तको ५.९, माउन्टेन हाइड्रो नेपालको ५.८, दोल्ती पावरको ५.१२ तथा नेपाल फाइनान्सको मूल्य ३.८५ प्रतिशत घट्यो । 


Author

थप समाचार
x