खेलकुद

कोलकाताको टीममा केही गडबड छ : ब्रायन लारा

एजेन्सी |
कात्तिक २, २०७७ आइतबार १७:५ बजे

इन्डियन प्रिमियर लिग (आपीएल) मा अपेक्षित प्रदर्शन गर्न नकिरहेको कोलकाता नाइट राइर्डसले गत साता आफ्नो कप्तान परिवर्तन गर्‍यो । तर त्यसले मैदानमा परिवर्तन ल्याएको देखिएन । 

इयोन मोर्गानले कप्तानी सम्हालेपछिको पहिलो खेलमा कोलकाता मुम्बई इन्डियन्ससँग पराजित भयो । त्यसपछि, कोलकाताको पछिल्लो प्रदर्शनलाई लिएर वेष्ट इन्डिजका महान खेलाडी ब्रायन लाराको रोचक टिप्पणी आएको हो । 
 
लारा कोलकाताको टीम भित्र केही गडबडी हुन सक्ने अनुमान गर्छन् । जसलाई उनी टीमको खराब लयको कारण मानिरहेका छन् । ‘क्याम्प भित्र केही भइरहेको छ । जसले टीमको प्रदर्शनलाई असर गरिरहेको छ,’ लाराले स्टार स्पोटर्ससँग कुरा गर्दै भने, ‘कोलकाताको टीममा कप्तान परिवर्तन गरिरहन जरुरी थिएन । बरु सुनील नारिनेलाई पहिलो एघारमा ल्याए टीमको प्रर्दशनमा सुधार हुन सक्छ । उनले बिगतमा आफ्नो बलमा धेरै पटक कोलकातालाई जित दिलाएका छन् । उनी फेरी पनि महत्वपूर्ण खेलाडी हुन सक्छन् ।’ 


लाराले आन्द्रे रसेलको ब्याटिङ नचल्दा पनि टीमलाई असर गरिरेहको दाबी गरे । ‘रसेलले रन बनाउन थाल्नुपर्छ । कप्तानी त जसले पनि गर्न सक्छ । तर खेल जित्‍न रसेल जस्ता खेलाडीले रन बनाउन थाल्नुपर्छ,’ लाराको भनाई थियो । 
 


Author

थप समाचार
x